खेलकुद

८४ करोडको लागतमा मदन भण्डारी रंगशाला बन्ने निश्चित

saptari stadium

सप्तरी । सप्तरीमा ८४ करोडको लागतमा रंगशाला बन्ने भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिकामा फुटवल ग्राउण्ड तथा एथलेटिक्स ट्रयाकसहितको मदन भण्डारी रंगशाला निर्माण हुने निश्चित भएको हो ।

युवा तथा खेलकुद ‘मन्त्रालयले खेलकुदको विकासकालागी गाउँ गाउँमा खेल पुर्वाधार निर्माणलाई पुर्याउने निति अनुसार यहाँ मदन भण्डारी’ रंगशाला’ निर्माण हुने’ भएको छ ।मन्त्रालयद्वारा’ रंगशाला निर्माणका लागी शुक्रबार’ राष्ट्रिय खेलकुद परिषद मार्फत’ टेन्डर आहवान समेत गरिएको कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्रले बताए ।

मुल्य अभिवृद्घिकर (भ्याट) बाहेक ८४ करोड ७४ लाख ३ सय ७० रुपैयाँको लागतमा निर्माण हुने मदन भण्डारी रंगशालामा फुटबल ग्राउण्ड, एथलेटिक्स’ ट्रयाकका’ साथै दर्शकका लागि आवश्यक प्याराफिट रहने छन् ।कंचनरुप नगरपालिकाका ९ मा निर्माण गरिने रंगशालाका’ लागि नगरपालिकाले’ १५ विगहा जग्गा उपलब्ध गराइसकेको छ’ ।

Leave a Comment

//zuphaims.com/afu.php?zoneid=3027341