खेलकुद

पाकिस्तानका अलराउण्डर हाफिजबाट संन्यासको घोषणा

hafeez

पाकिस्तानका अलराउण्डर मोहम्मद हाफिजले अन्तराष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्।
हफिजले शुक्रबार यसै वर्ष अस्ट्रेलियामा हुने टि-ट्वान्टी विश्वकपपछि अन्तराष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका हुन।

‘यो मेरा लागि सम्मानको कुरा हो। म टि-ट्वान्टी क्रिकेट विश्वकप खेल्न चाहन्छु अनि अन्तराष्ट्रिय क्रिकेटबाट बाहिर जानेछु’, उनले भने।

हफिज पाकिस्तानका लागि कुल ३६२ अन्तराष्ट्रिय म्याच खेलेका छन् जसमा उनले २१ शतक प्रहार गरेका छन्। १० टेस्ट र ११ वानबाट उनले यो शतक बनाएका हुन्।
सन् २००३ मा उनी पहिलो पटक अन्तराष्ट्रिय क्रिकेटमा डेब्यू भएका थिए। उनले ५५ अन्तराष्ट्रिय टेस्टबाट ३ हजार ६ सय ५२ रन बनाउनुका साथमा ५३ विकेट लिएका छन्। यस्तै २१८ एक दिवसीय खेल खेलेका उनले ६ हजार ६ सय १४ रन बनाएका छन्। यस संरचनामा उनले १३९ विकेट लिएका छन्।

पाकिस्तानको टि-ट्वान्टीको महत्वपुर्ण सदस्य रहँदै आएका हफिजले पाकिस्तानका लागि ८९ खेल खेलेका छन्।

यसैगरी उनले पाकिस्तरानी टोलीको कप्तानीसमेत सम्हालेका छन्।

‘मैले पाकिस्तानका लागि १७ वर्षसम्म खेले र आफ्नो सर्वश्रेष्ठ दिने कोशिश गरे। मैले कयौंपटक मेरो बलिङमा कमी पनि महशुस गरे’, हाफिजले आफ्नो क्रिकेट करियरको समीक्षा गर्दै भने।

Leave a Comment

//whugesto.net/afu.php?zoneid=3027341