राजनीति

ओली -प्रचण्ड भेटवार्ता सकियो, उपसभामुखले राजीनामा दिने

शिवमाया तुम्बाहाम्फे

काठमाडौं : प्रधानमन्त्री केपी ओली र अर्का नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल सकिएको छ। छलफलमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने विषयमा टुंगो लागेको जनाइएको छ।

उपसभामुख तुम्बाहाङ्फेले केही बेर पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिनेबारे जानकारी दिने बताइएको छ।

यसअघि नेकपाले राजीनामा दिन गरेको आग्रह शिवमायाले इन्कार गर्दै आएकी थिइन् । आफ्नो राजीनामाले प्रतिनिधिसभामा थप रिक्तता आउने भन्दै उनले राजीनामा नदिने बताउँदै आएकी थिइन्। आइतबार सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि उपसभामखुले राजीनामा दिने भएकी हुन्।

अपराह्न १ बजे प्रतिनिधिसभा बैठक बस्नुअघि उपसभामुखले राजीनामा दिने जनाएको छ । त्यसपछि आजको बैठकको अध्यक्षता जेष्ठ सदस्य राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले गर्नेछन् ।

Leave a Comment

//zuphaims.com/afu.php?zoneid=3027341