मनोरंजन

हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा) प्रहरीको कारवाहीमा

बुधबार बिहान ललितपुरमा हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा) ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् । सिट बेल्ट नलगाइ कार चलाएपछी उनी ललितपुरकाे ग्वार्कोमा ट्राफिक प्रहरीकाे कारवारहीमा परेका हुन् । उनलाई ट्राफिक प्रहरीले चिट काटेर कारबाही गरेहो हो ।

घिमिरेलाई यातायात व्यवस्था ऐनको प्रावधानअनुसार ५ सय रुपैयाँ जरिवाना गरिएको छ ।

यसै क्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ पुगेका घिमिरेले उनलाई कारवाही गर्ने ट्राफिक प्रहरी जवानले मिठो बोली, वचन गरेको बताउँदै महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाललाई धन्यवाद समेत दिएका छन् ।

उनले भने ‘मैले सिट बेल्ट लगाउन बिर्सिएछु । ट्राफिक भाइले तपाईंलाई कारबाही गर्छु है। भनेर मिठोसँग भन्नुभयो,’ ‘आफैं लाइसेन्स दिउँ दिउँ लाग्नेगरी बोल्नु भएपछि मैले पनि हुन्छ भनेँ । ’

उनले उक्त प्रहरी जवानसँग फेरी भेटगर्ने ईच्छा गरेपछी उनको भेट उनलाई कारवाही गर्ने उक्त ट्राफिक प्रहरी जवान सन्तोष चौधरीलाई सँग भेट गराईएको थियो ।

Leave a Comment

//stawhoph.com/afu.php?zoneid=3027341