विश्व समाचार स्वास्थ्य

कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु ।

कोरोना भाइरस : लक्षण के हो ? कसरी बच्ने ?

बेइजिङ — चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क(सीजीटीएन)का अनुसार हुबेई सिन्ह्‍वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको हो ।

कोरोना भाइरसको संक्रमणबाट डाक्टरकै मृत्यु भएको सम्भवतः यो पहिलो घटना हो। डाक्टर लियाङ कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर खटेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।

Leave a Comment

//zuphaims.com/afu.php?zoneid=3027341