विश्व

मिठाई खाने प्रतिस्पर्धामा सास रोकिएर वृद्धाको मृत्यु

मिठाई खाने प्रतिस्पर्धामा सास रोकिएर वृद्धाको मृत्यु

अस्ट्रेलियाकाे क्विङ्सल्याण्डमा मिठाई खाने प्रतिस्पर्धामा एक ६० वर्षीय वृद्धाकाे मृत्यु भएकाे छ । वृद्धाले प्रतिस्पर्धा जित्नका लागि एक पटक धेरै मिठाई मुखमा राखेकी थिइन् । जसले गर्दा सास फेर्न कठिन भएर उनकाे मृत्यु भएकाे समाचार जनाइएकाे छ ।

प्रतिस्पर्धामा घाइते भएपछि उपस्थित मानिसले उनलाई बचाउन धेरै प्रयास गरेका थिए । तर अस्पताल लैजादै गर्दा बाटाेमा वृद्धाकाे मृत्यु भएकाे थियाे । होटलका एक कर्मचारीका अनुसार वृद्धाले एकै पटक धेरै मिठाई खाने प्रयास गरेकी थिइन् ।

सुरूमा वृद्धा भुईमा ढल्नासाथ उपस्थित मानिसले हाेसमा ल्याउन खाेजेका थिए । तर याे प्रयास सफल हुन सकेन् । त्यसपछि उनलाई एम्बुलेन्समा राखेर अस्पताल पुर्याएकाे थियाे । प्रतिस्पर्धामा मृत्यु भएकी वृद्धाकाे परिचय गाेप्य राखिएकाे समाचारमा जनाइएकाे छ । एजेन्सी

Leave a Comment

//luvaihoo.com/afu.php?zoneid=3027341