खेलकुद

रोनाल्डो र मेसीभन्दा पनि धनी फुटबलर बोल्किया

एजेन्सी । फाइक बोल्किया विश्वको सबैभन्दा धनी फुटबल खेलाडी मध्येका एक हुन् । उनी इंग्लिस क्लब लेस्टर सिटीमा छन् । २१ वर्षीय बोल्किया अमेरिकाको क्यालिफोर्नियामा जन्मको भए पनि ब्रुनाइको राष्ट्रिय टिमबाट खेल्छन् ।

मिडफिल्डर तथा विङ्गर बोल्किया स्न २००९ मा इंग्ल्याण्डस्थित एएफसी न्यूबरीमा आबद्ध भएका थिए । त्यसपछि उनी साउथह्याम्पटन लागेका थिए । आर्सनलको एकेडेमी पनि चाहरेका उनी सन् २०१४ मा चेल्सी गए भने चेल्सीबाट लेस्टर सिटीले उनलाई किनेको हो । उनलाई लेस्टरले सिनियर टिमको लागि किनेको भने पनि खेल्ने मौका भने दिएको छैन ।

राष्ट्रिय टिमबाट ६ खेल खेलेर १ गोल गरिसकेका बोल्कियाको परिवार निकै धनी छ । उनको आफ्नै काका ब्रुनाइको सुल्तान हुन् । पेट्रोलियम पदार्थमा निकै धनी देश ब्रुनाइमा रहेका उनको काकाको सम्पत्ति १७ बिलियन डलर रहेको अनुमान गरिएको छ ।

बोल्कियाले लेस्टरको सिनियर टिमबाट खेल्न नपाए पनि ब्रुनाइको राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी भने पाइसकेका छन् ।

Leave a Comment

//whugesto.net/afu.php?zoneid=3027341